Tuesday, May 28, 2013

एनसेलको 'इमेलबाट एसएमएस' सेवा - जानकारी र उपयोगिता | Ncell 'Email To SMS' Service : Info and Uses

एनसेलको 'इमेलबाट एसएमएस' सेवा - जानकारी र उपयोगिता | Ncell 'Email To SMS' Service : Info and Uses


यसअघि मासिक ३०* रुपैँया (* करबाहेक) तिरेर सुचारु गर्नुपर्ने "इमेल बाट एसएमएस (Email to SMS)" सेवा हाल आएर एनसेलले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क रुपमा उपलब्ध गराईदिएको पाईएको छ । यस सेवाको प्रयोग बाट हामीले आफ्नो ईमेललाई एसएमएस र एसएमएसलाई ईमेलको रुपमा सित्तैमा पठाउन सक्दछौँ । एनसेल ले आधिकारिक घोषणा नगरेतापनि सबै नम्बरमा आफैँ सूचारु भएको हुदाँ हामिले Activate गर्नका लागि केहि गर्नु पर्दैन । आउनुहोस यो Email to SMS सेवाका बारेमा केहि जानकारी लिइराखौँ ।

तपाईको Ncell सिमकार्ड मा यो सेवा सुचारु भइसकेपछि तपाईले एउटा आफ्नै इमेल आईडि (Email ID) पाउनुहुन्छ । उदाहरणका लागि यदि तपाईको मोबाईल नम्बर 9801234567 छ भने तपाईको ईमेल आईडि 9779801234567@sms.ncell.com.np हुन्छ । अनि जति पनि ईमेलहरु 9779801234567@sms.ncell.com.np मा पठाईन्छन्, ति सबै ईमेलहरु तपाईको मोबाईलको म्यासेज Inbox मा SMS को रुपमा पाउनुहुन्छ । ढुक्क हुनुस्, तपाईको म्यासेज उत्तिनैखेर deliver हुन्छ ।

तपाई अझै पनि अलमलमा हुनुहुन्छ भने आउनुहोस्, एकपटक सानो परिक्षण गर्नुहोस् :
आफ्नो कुनै पनि इमेल एकाउन्ट (Yahoo, Gmail, Hotmail) मा Sign In गरि नयाँ ईमेल पठाउने ठाउँ (Compose) मा जानुहोस् र केहि लेखेर 977YourNcellNumber@sms.ncell.com.np मा पठाउनुहोस् । तत्कालै त्यो इमेल आफ्नो त्यो मोबाईल नम्बरमा SMS को रुपमा पाउनुहुनेछ । (YourNcellNumber को ठाउँमा आफ्नो Ncell को मोबाईल नम्बर राख्नुहोला ।)

अर्को फाईदाको कुरा, तपाईले यस Email ID लाई जुनसुकै ठाउँमा पनि प्रयोग गर्न सक्नुहुन्छ । Yahoo, Gmail वा Hotmail मा इमेल आइडि बनाईराख्नु पर्दैन । फेसबुक जस्ता साईटमा नयाँ एकाउन्ट बनाउन पनि यहि Email ID को प्रयोग गर्न सकिन्छ, फरक यति हो कि प्रत्येक इमेलको सट्टा एसएमएस आउँछ ।

[ इमेल बाट एसएमएस जस्तै तपाईले एसएमएस बाट ईमेल पनि पठाउन सक्नुहुन्छ । तर यसका लागि भने प्रति SMS लगभग रु. १ लाग्छ । SMS बाट कसैलाई इमेल गर्नको लागि आफ्नो मोबाईलको Message Box मा जानुहोस र सन्देश पठाउने email address लेखि एक स्पेस दिएर आफ्नो message लेखि 9205 मा पठाउनुहोस् । ]

No comments:

Post a Comment