Monday, May 27, 2013

Viber

सित्तैमा फोन गर्ने एप्लिकेशन(Application) – Viber


स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये कतिपयलाई viber को बारेमा थाहा नहुन सक्छ । र यो एकदमै सत्य हो कि viber बाट तपाइले नि : शुल्क कल गर्नका साथै टेक्स्ट र फोटो मेसेज पनि पठाउन र प्राप्त गर्न सक्नुहुन्छ । तर यो प्रक्रिया भने viber देखि viber मात्रै सम्भब छ ।

viber अहिलेसम्म विभिन्न मोबाइल प्लेटफर्ममा उपलब्ध छ : आई ओएस (iOS) , ‍‌एन्ड्रोईड (Android) , विन्डोज फोन (Windows Phone) र ब्ल्याक्बेर्री (Blackberry) । हाल आएर नोकिया सिरिज ६० (Nokia S60) अन्तर्गतका केहि सिम्बायन (Symbian) र नोकिया सिरिज ४० (Nokia S40) अन्तर्गतका केहि जाभा (Java) मोबाईलमा पनि यो एप्लिकेशन उपलब्ध छ । यसलाई तपाइले www.viber.com मा गएर नि : शुल्क डाउनलोड गर्न सक्नुहुन्छ वा एप्पल को एप स्टोर ( ios भर्जन) अथवा गुगल प्ले (Android भर्जन) मा गएर पनि डाउनलोड गर्न सक्नु हुन्छ ।

पहिलो पटक viber इन्स्टल भएपछि यसले तपाइको लोकेसन र फोन नम्बर माग्दछ । त्यसपछि एस.एम.एस को मध्यम बाट एक्टिभेसन कोड पठाउछ । त्यो कोड प्रयोग गरेर तपाइले viber एक्टिभेट गर्नुपर्ने हुन्छ र एक्टिभेट भैसकेपछि यो एपले तपाइको मोबाइलमा भएको फोनबुक एक्सेस गर्न परमिसन माग्छ जुन तपाइले एलोउ गर्नु पर्छ । अरु एप्लिकेसनहरु मा जस्तो यसमा युजरनेम र पासवर्ड बनाउनु पर्ने , पटकपटक लग-इन गरिराख्नु पर्ने झन्झट गरिराख्नु पर्दैन । viber ले तपाइको फोन नंबरलाई नै युजर नेमको रुपमा प्रयोग गर्दछ । एक चोटी viber मा लग-इन भैसके पछि तपाइको फोनबुकबाट अरु viber प्रयोगकर्ताहरु लाई आफ्नो डाटाबेसमा इस्क्यान गर्छ र तपाइको viber को कन्ट्याक्ट लिस्टमा राख्दछ ।

अब तपाइले सिधै आफ्नो फोनबाट ति viber प्रयोगकर्ताहरु लाई कल वा मेसेज गर्न सक्नु हुनेछ । तर यसका लागि दुवै जना ( कलर र रिसिभर ) इन्टरनेट संग कनेक्टेड हुनु आबश्यक छ । viber को इन्टरफेस एकदमै सरल र राम्रो छ । viber बाट कल गर्दा वा रिसिभ गर्दा नर्मल फोन प्रयोग गरे जस्तै हुन्छ , फरक यती मात्रै हुन्छ कि viber प्रयोग गर्दा पर्पल रंगको ब्याकग्राउन्ड देखिन्छ ।

के यो साच्चै नि : शुल्क हो त ?
तपाइले viber प्रयोग गर्दा ध्यानदिनु पर्ने कुरा के हो भने , तपाई कुन मध्यमबाट इन्टरनेट संग कनेक्टेड हुनुहुन्छ : वाई फाई या 3G ! यदि तपाईवाई फाई चलाउदै हुनुहुन्छ भने तपाइको फोन को ब्यालेन्स कम हुदैन तर यदि 3G चलाउदै हुनुहुन्छ भने तपाइले विचार पुर्याउनु पर्ने हुन्छ । Viber बाट १ मिनेट कल गर्दा लगभग २४० किलो-बाइट ब्यान्ड्विथ रेट खपत हुन्छ । जसको मतलब यदी तपाइले नेपाल टेलिकमको 3G सर्भिस प्रयोग गर्दै हुनुहुन्छ भने १ मिनेट कल गरेको लगभग३६ पैसा तपाइको फोनको ब्यालेन्सबाट काटीनेछ |

No comments:

Post a Comment